अमेरिकामा ‘थ्याङ्क्स् गिभिङ डे’ उत्सव

Arjun Bhandari
लाेकपाटी न्यूज

अर्जुन भण्डारी, उपसचिव, गृह मन्त्रालय

धन्यवाद ज्ञापन गर्ने दिन, थ्याङक्स् गिभिङ डे विश्वका धेरै देशको राष्ट्रिय पर्व हो । यो उत्सव अमेरिका, क्यानडा, क्यारेवियन आइल्यान्ड र लाइवेरिया लगायतका मुलुकमा विभिन्न समयमा मनाउने गरिन्छ । क्यानडामा अक्टोवर महिनाको दोस्रो सोमबार मनाइन्छ भने अमेरिकामा नोभेम्वर महिनाको चौंथो बिहीबार धुमधामसँग उत्सवका रुपमा मनाउने प्रचलन छ । यस वर्ष सन् २०१८ मा क्यानडामा अक्टोवर ८, लाइवेरियामा नोभेम्वर १, नरफोल्ड आइल्यान्डमा नोभेम्वर २२ मा उत्सव मनाउने दिन परेको छ ।

थ्याङक्स गिभिङ डे अमेरिकाको राष्ट्रिय पर्व र सार्वजनिक विदाको दिन हो । यसको धार्मिक संस्कृतिसँग गहिरो सम्वन्ध रहेको छ । यसको शुरुवात अमेरिकामा सन् १७८९ नोभेम्वर २६ देखि राष्ट्रपति जर्ज वासिङटनले गरेका हुन् । सन् १८६३ मा यो उत्सवका लागि राष्ट्रपति अव्राहम लिङ्कनले नाभेम्वर महिनाको अन्तिम बिहीबार मनाउने घोषण गरेसँगै सन् १९३९ सम्म यो दिन मनाउने प्रचलन रह्यो ।

त्यसपछि सन् १९३९ मा अमेरिकाका तत्कालिन राष्ट्रपति रुजवेल्टले नाभेम्वर महिनाको चौंथो बिहीबार मनाउने घोषणा गरेसँगै यो नियम सन् १९४१ सम्म कायम रह्यो र स्थायी रुपमा नियमित नोभेम्वर महिनाको तेस्रो बिहीबार मनाउने प्रचलन अमेरिकाको संघीय कानूनले व्यवस्था गरेसँगै हालसम्म सोही अनुसार मनाइदै आएको छ । यो उत्सवका दिनमा छिमेकी, आफन्त, परिवार, साथीभाई भेटघाट गरी रमाइलो गर्ने, सँगै टर्की विशेष खाना खाने र धन्यवाद साटासाट गर्ने रहेको छ ।

थ्याङक्स् गिभिङ डे र टर्की चरा

अमेरिकामा यो उत्सवको अनौठा विशेषता रहेका छन् । यस दिन अमेरिकामा प्रसिद्ध टर्की चराको मासुका विभिन्न परिकारहरु खाने चलन छ । राष्ट्रिय टर्की संघका अनुसार सन् २०१७ को थ्याङक्स् गिभिङ डे मा अमेरिकामा ४५ लाख टर्की चराको व्यापार भएको थियो । यस वर्ष पनि करिव ६० लाख चराको किनबेच व्यापार हुने अनुमान गरिएको छ । एक टर्की चराको तौल औषत ४० पाउण्डसम्म हुन्छ । यस वर्ष दक्षिण डाकोटाबाट अमेरिकाको वासिङटन डि.सी.मा चराहरु ल्याइनेछ । अमेरिकन फार्म व्यूरोअनुसार यस वर्षका थ्याङक्स् गिभिङ डे मा १० जना व्यक्तीहरुका लागि ४८.९० डलर डिनर मुल्य हुनेछ । जुन डिनरसँग टर्की चराको मासु, रोल, मिठो आलु, हरियो केराउ, भेगी ट्रे, गाँजर, फर्सी, दुध र कफी जस्ता परिकार हुनेछन् ।

एक अमेरिकन सर्वेक्षण अनुसार यस उत्सवका दिनमा अमेरिकाका उच्च घरानिया व्यक्तिहरुले डिनरमा ३३४ देखि १००० डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ । अमेरिकाको क्यालोरी नियन्त्रण परिषदका अनुसार यो उत्सवका दिनमा अमेरिकन नागरिकहरुले ४५०० क्यालोरीभन्दा बढी खाने भएता पनि टिपिकल खाना र त्यसको क्यालोरी ३१५० अनि फ्याट १५९ ग्रामसम्म हुने बताएको छ । अमेरिकाको सरकार नागरिकको स्वास्थ्यप्रति वढी सम्वेदनशील छ । एएए न्यूजका अनुसार आज नोभेम्वर २२ को यस उत्सवमा ५४.३ लाख अमेरिकाका वासिन्दाहरुले ५० माइलभन्दा बढीको यात्रा गर्नेछन् । यो प्रतिशत सन् २०१७ को भन्दा ४.८ प्रतिशत बढी संख्या हो ।

‘थ्याङक्स् गिभिङ डे’को अनौठा तथ्य :

अमेरिकामा ‘थ्याङक्स् गिभिङ डे’का दिनमा केही अनौठा तथ्यहरु भएका छन् । तीमध्ये केही खोज भएअनुसार निम्न रहेका छन् ।

१. यस उत्सवका दिनमा राष्ट्रिय पर्वका रुपमा सार्वजनिक विदा दिने विषयमा ूम्यारी ह्याड अ लिटिल ल्याम्वू साहित्यका लेखक सराह जोसेफको महत्वपूर्ण योगदान रहेको छ । सन् १८६३ मा जोसेफले यस दिन सार्वजनिक बिदा दिन अनुरोध पत्र राष्ट्रपति अव्राहम लिंकनलाई लेखेका थिए । यस दिन बिदा दिने प्रचलन अमेरिकामा सन् १८६३ देखि शुरु भएको हो ।

२. फ्रान्सको पेरिसमा थ्याङक्स् गिभिङ ग्रोसरी पसल रहेको छ । यस पसलमा यस उत्सवका दिन खाइने विशेष अमेरिकन खाना जस्तैः स्किपी पि नट बटर, जेलो इन्सटन्ट पुडिङ, पप टार्ट जस्ता सामान बिक्री गरिन्छ ।

३. ‘थ्याङक्स् गिभिङ डे’को भोलिपल्टको दिनलाई ब्राउन फ्राइडे भन्ने चलन छ ।

४. सन् २०१३ मा अमेरिकाको एलखर्ट इन्डियनामा रहेको पिजा हट फ्रेन्चाइजका मेनेजर टोनी रोहर लाई ‘थ्याङक्स् गिभिङ डे’कै दिन वर्खास्त गरिएको थियो । जसको कारण सबै कामदाहरुले आफ्ना परिवारका सदस्यहरुसँग बसेर उत्सव मनाउन अवसर पाएका थिए । पछि टोनी रोहरलाई मेनेजरका रुपमा पुनः जागिरमा राखिएको थियो ।

(लेखक भण्डारी नेपालबाट मानवीयता सम्बन्धि मानार्थ ग्लोबल गुड विल एम्वास्डर पनि हुन् ।)