शिलु र किरणको ‘नशालु आँखा’को बिमोचन

albummmmm
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन ।

क्लबका अध्यक्ष ऋषि धमला, गायिका पोखरेल र गायक खातीलगायतले उक्त गीतको भिडियो संयुक्त रुपमा बिमोचन गरेका हुन् । पत्रकार धमलाले गायिका पोखरेल र गायक खातीको संयुक्त कोशेली ‘नशालु आँखा’ बोलको गीतले यूवा पुस्तालाई आकर्षित गर्ने विश्वास दिलाए ।

उनले भने, ‘गल्यामर गीतको चलन नभएपनि यूवापुस्ताहरुले मन पराउने गरेका छन्, यस्ता गीतहरु लुकेर हेर्ने पंक्तिहरु पनि छन्, गीतहरुले विकृति निम्त्याउनु भने हुँदैन, विभिन्न प्रकारका गीतहरुले बजार लिईरहेका छन्, शिलु र किरणको जोडी जम्नेछ, नेपाली संगीत पारखीहरुले रुचाउँनेछन् मेरो शुभकामना ।’

त्यस्तै गीतकी गायिका तथा हट मोडल शिलु पोखरेलले वर्तमान पुस्ता परिवर्तनको पक्षमा केन्द्रीत भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘यो गीतको म्युजिक भिडियो पहिलोपटक निर्देशन गरेका छौं, किरण र मैले संयुक्त रुपमा यो गीतलाई अलि कामुक तरिकाले निर्देशन गरेका छौं, आशा छ, यसलाई पनि समाजले सकारात्मक रुपमा लिनेछ ।’

गायिका पोखरेलको शब्द तथा वृजेश श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको कोरियोग्राफी काजी पारसले गरेका छन् । शिलु र किरणको कामुक अभिनय रहेको गीतमा र्यापर सरकार जाओस, त्यस्तै कलाकारहरु रविना श्रेष्ठ, गान्दिप मल्ल, पविता आचार्य, रोजिना श्रेष्ठ, अनुषा श्रेष्ठ, अदिती जोशी, रसिला राई, अजय भट्टराईलगायतको अभिनय देख्न सकिन्छ ।