‘धर्मबारे जनमत संग्रह गरौं’ : डा. शशांक कोइराला

sashanka koirala
लाेकपाटी न्यूज

काठमाडौं ७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षता कि हिन्दु धर्म भनेर जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

कोइरालाले शुक्रबार राजधानीमा आयोजित ‘शिव लीला’ कार्यक्रममा उनले आफ्नो अडान दोहोर्याएका हुन् । उनले कार्यक्रममा बोल्दे भने, ‘राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता कि हिन्दु धर्म भनेर जनमत संग्रह गर्नुपर्छ ।’

कोइरालाले कांग्रेसभित्र हिन्दू धर्मको पक्षमा लविङ गर्दै आएका छन् । उनले पार्टीले हतारमा धर्मनिरपेक्षतामा सहमति जनाएको बताउँदै आएका छन् ।