नमूना किसानलाई नगरपालिकाको सम्मान

chautara
  • 54
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नमूना किसानलाई सम्मान गरेको छ ।

शुक्रबार नगरपालिकाले एक कार्यक्रमका बीच नमूना किसानलाई सम्मान गरेको हो । चौतारामा आयोजित कृषि मेलाको अवसरमा किसानहरुलाई सम्मान गरिएको हो ।

कृषि पेसामा नगरबासीलाई अभिप्रेरित गर्ने उद्देश्यले किसानलाई सम्मान गरिएको नगर प्रमूख अमानसिंह तामाङले बताए ।

कृषि क्षेत्रमा नमूनायोग्य काम गर्ने किसानहरुलाई सम्मान गर्दा किसानहरुमा हौसला बढ्ने उपप्रमूख जानुका पराजुलीले बताइन् ।

गौरती भिमेश्वर मेलाको अवसर पारेर नगरपालिकाले दुई दिने कृषि मेला आयोजना गरेको हो । आज कृषि उत्पादनमा उत्कृष्ट नमुना प्रदर्शन गर्ने कृषकलाई पुरस्कृत गरिएको हो ।

प्रथम हुनेलार्इ ५००० द्वतीय हुनेलाई ३००० तृतीय हुनेलाई २००० हजार र सान्तोना हुनेलाई १००० नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।