सडकमै विप्लव माओवादीको केन्द्रीय जनसभा

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शनिबार आयोजना गर्न लागेको कार्यक्रम स्थल परिवर्तन गरिएको छ।

यसअघि शान्तिवाटीका रत्नपार्कमा गर्ने प्रचार गरे पनि प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि कार्यक्रम हुने भएको हो। कार्यक्रमका लागि शनिबार बिहान ६ बजे नै सडकमा स्टेज तयार पारिएको छ। उक्त मार्गमा कुनै पनि सवारी साधन चलाउन दिइएको छैन्।

सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने बताइएको छ। यसअघि महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने भनिएको थियो।

नेकपाको कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका मुख्य स्थान र सभास्थल नजिक सुरक्षकर्मी तैनाथ गरिएको छ। जनसभाका लागि पार्टीले देशैभरिबाट कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

जनमुक्ति सेना दिवसको अवसर पारेर विप्लव नेतृत्वको नेकपाले जनसभाको आयोजना गरेको हो ।