नेकपाको जनसभा : प्रकाण्ड प्रमूख अतिथि, मोहन वैद्य अतिथि !

biplab programme
लाेकपाटी न्यूज

काठमाडौं, ८ मङ्सिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

आजको जनसभालाई पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम समयमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिएको हो तर विप्लव उपस्थित हुन नसक्नुको कारण भने खुलाइएको छैन ।

आजको जन सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्ड लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाको आजको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रण गरिएको छ ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’लाई पनि निम्ता गरिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किराँतीलाई समेत निम्ता छ ।

सभामा नेकपा मालेका महासचिव सीपी मैनाली र नेकपाका अध्यक्ष ऋषि कट्टेल समेत आजको कार्यक्रममा सरिक हुनेछन् । नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किराँतीले कार्यक्रममा सहभागिताको लागि जाने तयारीमा रहेको बताए । किराती सहित माओवादी केन्द्रबाट सिंगो पार्टी संदस्यहरु समेत आजको कार्यक्रममा सरिक हुनेछन् ।

जनसभाको लागि सभाअघि विभिन्न स्थानबाट झाँकीसहितर्को याली निकाल्ने तयारी छ । गोंगबु, लैनचौर, बबरमहल, कालिमाटी लगायतको स्थानबाट निस्कने जुलुसलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।