के करीनाले भंसालीको फिल्ममा काम गर्लिन् ?

Kareena bhansali01
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड स्थापित निर्माता संजय लीला भंसालीले केही महिनाअघि मात्रै फिल्म ‘पद्मावत’ ल्याए । फिल्मकाे जति विरोध भयो उति नै सफल पनि । भंसाली फरक खाले फिल्मका लागि परिचित छन् । उनको फिल्ममा भव्यता बढी देखिन्छ । त्यस्तै भंसालीसँग काम गर्नेबारे करीना कपूर खानले एक बयान दिएी छन् । करीना अहिले आफ्नो आगामी प्रोजेक्टका लागि व्यस्त छिन् । करीना कपूर शूटिङको क्रममा भंसालीसँग काम गर्नेबारे प्रश्न सोधिएको थियो ।

उक्त प्रश्नकाे जवाफमा उनले भनिन्, ‘जब तैमूर १० वर्षको हुन्छ त्यसपछि मात्र म संजय लीला भंसालीसँग काम गर्छु । किनकी त्यसअघि मैलै उसलाई छोड्न मिल्दैन ।’ उनका अनुसार उनी हालै भंसालीसँग काम गर्ने अवस्था देखिएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिला संजय लीला भंसाली र करीना कपूर खानको सम्बन्ध त्यति राम्रो थिएन । तर, अहिले उनीहरुको सम्बन्धमा सुधार आएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्