शनिबार भुलेर पनि नगर्नुस् यी काम

Shani
लाेकपाटी न्यूज

काठमाडौं । हाम्रो जीवनमा ग्रहहरुको खास प्रभाव रहने गर्छ। हिन्दु धर्ममा हरेक दिन एक स्वामी हुन्छन् । शिनदेवलाई शनिबारको स्वामी मानिन्छ । यस दिन मानिसहरुले विशेष पूजासमेत गर्ने गर्छन् । शास्त्रका अनुसार शनिदेवलाई न्यायको देवताकाे रुपमा पनि लिइन्छ । त्यस्तै आज हामी तपाईलाई शनिबारको दिन गर्न नहुने केही कामहरुबारे जानकारी दिन गइरहेका छौं ।

शनिबार तेल किन्नु अशुभ मानिन्छ । मन्दिरमै चढाउनका लागि पनि शनिबार तेल नकिन्नुहोला ।

शनिबार मानिसहरु कालो तिल र सर्स्यूको तेल दान गर्छन् । तर, तेल जस्तै त्यसदिन तिल पनि नकिन्नुहोला । दान भने दिनु उचित मानिन्छ ।

त्यसदिन कोहीसँग पनि जुत्ता चप्पल उपहार नलिनुहोला । बरु शनिबार जुत्ता चप्पल कुनै गरिबलाई दान गर्नुभएमा तपाईको शनिको दोष ठाढा जान्छ ।

शनिदेवले गरिबको प्रतिनिधित्व गर्ने भएकाले यसदिन गरिबहरुलाई माया गर्नु राम्रो मानिन्छ । गरिबहरुलाई हेला नगर्नुहोला, नत्र शनिदेवले कृपा गर्ने छैनन् ।

शास्त्रका अनुसार शनिबारको दिन खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा बृहस्पति पतिको रुपमा रहने विश्वास भएको हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ ।