नेकपाको जनसभा सुरु : यी हुन् वक्ता

biplab programme
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर । काठमाडौंको प्रदर्शनीमा मार्ग पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा आयोजित नेकपाको जनसभा कार्यक्रममा मुख्य वक्ता नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ जनसभा स्थलमा पुगेका छन् ।

आजका सभाअघिको जुलुसको मुल नेतृत्व प्रवक्ता प्रकाण्डले गरेका थिए । उनीसहित नेकपा पोलिटब्यूरो सदस्य, उमा भुजेल, ओमप्रकाश पुन, पदम राई, कृष्ण धमला ‘गम्भीर’, मोहन कार्की जीवन्त’ तथा केन्द्रीय सदस्य आजाद, बन्धु चन्द, मकर गुरुङ र सल्लाहकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले ‘पवन’लगायत नेताका नेताहरु सभास्थल पुगेका छन् ।

जनसभामा नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीलगायतका नेताहरुलाई बोलाइएको छ ।

सभामा नेता गोपाल किराँती आइपुगेको आयोजकले जानकारी दिएको छ । मोहन वैद्य भने जनसभामा नआउने भएका छन् । जनसभाका लागि नेकपाले देशभरिबाट राजधानी उतारेको छ ।