कांग्रेस नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश

nc neta
लाेकपाटी न्यूज

कञ्चनपुर। कञ्चनपुरको महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिका महासचिवविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अविश्वासको प्रस्ताव पेश गरिको छ ।

शुक्रबार उक्त समितिको साधारण सभा चलिराखेकै बेला सदस्यहरु र अन्य पदाधिकारीहरुले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । महाकाली सिंचाई द्धितीय चरण क्षेत्रीय समितिका महासचिव तथा नेपाली कांग्रेस बेलडाँडी गाउँपालिकाका सभापति हर्कदेव जोशीले आर्थिक अनियमितता, संस्थाका श्रोत साधनको दुरुपयोग गरेको, संस्थाभित्र पार्टीगत क्रियाकलापमा संलग्न रहेको, झर्नाखोलाको आर्थिक तथा भौतिक सामग्रीमा पारदर्शीता नगरेको, आन्तरिक मिलेमतोमा कोटेशनमा काम गरेको, संस्थाको लक्ष्य विपरीत स्वार्थगत कार्य गरेको भन्दै १० बुंदे कारणसहित अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

कुल ५६ जनालाई मताधिकार रहेको संस्थामा दुईतिहाई बहुमतले अविश्वासको प्रताव अध्यक्षलाई बुझाउँदै विधान बमोजिम महासचिवलाई बर्खास्त गर्न दवाव दिइएको छ । उक्त प्रस्ताव पेश गर्दा आफैं कार्यक्रम सञ्चालक रहेका महासचिवले कार्यक्रम पनि भाँडेको सहभागीहरुले बताएका छन् । साधारण सभामा आर्थिक प्रतिवेदन पेश नगरिएको, मनोगत तरिकाले कार्य गर्न खोजको समेत आरोप लागाइएको छ ।

झर्नाखोलाका स्थानीय नागरिकहरुले झर्नाखोलामा ८५ लाखको कार्य भएको भन्ने ठाउँमा १५ लाख जति कार्य भएको बाँकी सबै रकम महासचिवले खाएको आरोपसमेत लगाउँदै स्टीमेट अनुसार कार्य नगरेको बताए । यस्ता घुसखोरी पदाधिकारीहरुलाई बर्खास्त गर्न झर्नाखोला पीडितहरुको माग पहिलेदेखि रहेको स्रोतले जनाएको छ । दुधको दुध पानीको पानी हुनेमा झर्नाखोला पीडित आशावादी रहेका छन् । जोशीको कार्यशैली, नियत पहिलेदेखि नै खराब रहेको अविश्वासको प्रस्तावकारीहरुले बताएका छन् ।

महासचिव हर्क देव जोशीले भने ‘आफूलाई पूर्वाग्रही ढंगले लान्छना लगाएको’ बताए । आफूले पूर्व समितिले गरेका कार्यबारे खोतल्दा, योजना परियोजनाको बारेमा बुझ्न खोज्दा, सबै गलत कर्तुत बाहिर आउने भएकाले आफूले कल्पनासमेत नगरेका आरोप लगाएको जनाए । उनले भने ६०५०० हेक्टरमा पूर्व समितिले सिञ्चित गरेको दावी गर्दै आएको तर हामीले हेर्दा २०० हेक्टरमा समेत पानी नपुगेको दावी गरे ।

अविश्वासको प्रस्ताव पेश गर्न कृत हस्ताक्षण र डर धम्काई गरेकोसमेत आरोप लगाए । आफूले जनसरोकारका सबै विषयमा पारदर्शीता हुनुपर्छ भन्ने बेला, पूराना गरेका कर्तुत खुल्ने डरले यस्तो सडयन्त्र गरेको उनको दावी रहेको छ । यो षड्यन्त्र कसले किन गरे भन्ने कुरा एक दुई दिनमा बाहिरिनेसमेत दावी उनले गरे ।