जानिराख्नुस् सेक्सबाहेक यी काममा पनि कण्डम काम लाग्छ

Condom
लाेकपाटी न्यूज

काठमाडौं । कण्डमलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा लिइन्छ । यौनजन्य रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । मानिसहरुले कण्डमलाई यौनसम्पर्कको बेला प्रयोग गर्ने गर्छन् ।

कण्डम नेपालका स्वास्थ्य चौकीहरुमा बिना शुल्क पाइन्छ । तर, अधिकांश मानिसहरु कण्डमलाई यौनसम्पर्कको बेलामा मात्र प्रयोग गर्छन् । यसको काम सेक्सका बेला मात्र होइन भन्ने कमैलाई थाहा छ । अाउनुहोस् आज हामी तपाईलाई कण्डमका अन्य कामबारे बताउँछौं ।

पानी भण्डारण गर्न
तपाई यदि पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नभएका कण्डमको सहयोग लिन सक्नुहुन्छ । एउटा कण्डममा तपाईले दुईदेखि पाँच लिटरसम्म पानी
भर्न सक्नुहुन्छ । यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोगबाट तपाईले फाइदा उठाउन सक्नुहुन्छ ।

पञ्जाको काम
कण्डमले पञ्जाको काम दिन्छ । कहिलेकाहीँ महत्वपूर्ण सामानहरु ट्वाइलेटमा खस्ने गर्छ । त्यस्तोबेला कण्डमलाई पञ्जाको रुपमा प्रयोग गर्न सकिन्छ ।

पानीबाट घडी वा फोन बचाउन
भारी वर्षा हुँदा सबैलाई एउटा डर हुने गर्छ । त्यो हो- घडी र मोबाइल भिज्नबाट कसरी जोगाउने ?

गोजी वा ब्याग जे भएपनि सामानहरुलाई पानीले भिजाइहाल्छ । यस्तोबेला मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस् । पक्का भिज्दैन ।

खुट्टा भिज्नबाट जोगाउन
वर्षायाममा खोला ठूलो हुन्छ । त्यसबेला खोला तर्न गाह्रो हुने गर्छ । खुट्टा पानीमा नडुबाई सुखै पाइँदैन । त्यस्तो अवस्थामा तपाईसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन भने ढुक्क हुनुस् । दुवै खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईको खुट्टा भने भिज्दैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्