नानो–प्रविधि : मार्क्सवाद र समृद्धि

dr. sovakanta lc
आभूषणको रुपमा प्रयोग गरिँदै आएको ‘सुन’ले नानो तहसम्म आइपुग्दा तिव्र रसायनिक प्रतिक्रिया देखाउँछ, नानो तहमा आएपछि सुनलाई श्रङ्गारका रुपमा मात्र होइन, धुलो, मैलो, धुवाँमुक्त शहरका लागि पनि प्रयोग गर्न सकिन्छ।
  • 477
    Shares
लाेकपाटी न्यूज

प्रा.डा. शोभाकान्त लामिछाने, त्रि.वि., पृथ्वीनारायण क्याम्पस, पोखरा

स्कूल या कलेजहरुमा प्रयोग गरिने सुक्ष्मदर्शक यन्त्रद्वारा हाम्रो नाङ्गो आँखाले नदेख्ने वस्तुहरुः अमिवा, हाइड्रा, जीवकोष र तन्तुजस्ता स–साना वस्तुहरु देख्न सकिन्छ । त्यसैगरी अस्पतालको प्रयोगशालामा उपयोग गरिने सुक्ष्मदर्शक यन्त्रले करीब हजार गुणा अझ साना जीवाणुहरुः ब्याक्टेरिया, भाइरस आदि देखिन्छ । ब्याक्टेरिया र भाइरसजस्ता जीवाणु देख्न सकिने सुक्ष्मदर्शक यन्त्रले चिकित्सा विज्ञानमा रोग निदान गर्ने कार्यमा महत्वपूर्ण योगदान पु-याइरहेको हामी सबैमा बिदितै छ, जसले गर्दा हज्जारौँ जीवनहरुलाई अकाल मृत्युबाट बचाउन सफलता मिलिरहेको छ ।

त्यसैगरि ट्रान्समिशन इलेक्ट्रोन माइक्रोस्कोप (टिइएम) ले हाम्रो आँखाले देख्न सक्नेभन्दा लाख गुणा सानो वस्तुलाई देख्न सकिन्छ । भने, अणु र परमाणहरु त यस्ता जीवाणभन्दा पनि अझै करीब हजार गुणा साना हुन्छन् । यसबाट हामी सहजै अनुमान गर्न सक्दछौ कि यिनीहरुलाई देख्नसक्ने अवय निकै चुनौतिपूर्ण हुन्छ । तथापि, १९८० को कुरा हो, यसटिएमको आविष्कारसँगै १९८२ मा आणविक बलीय सुक्ष्मदर्शक यन्त्र (एटीएम) को आविष्कार गरियो । जसले प्रत्येक अणु र परमाणुलाई स्पष्ट रुपमा देख्न र आवश्यकताअनुसार स्थानान्तरण गर्न सकिन्छ ।

अणु-परमाणुहरु क्रियाशील हुने यस किसिमको योगदान नानोटेक्नोलोजीमा कोसेढुङ्गा सावित भएको छ । यस बापत आविष्कारकर्ताहरुलाई संसारको सबैभन्दा ठूलो र सम्मानित ‘नोवेल पुरस्कार’ले विभूषित (१९८६) गरिएको छ । अणु-परमाणुहरुको यसरी दृष्टिगोचर हुने भएपछि यसको बनावट, आन्तरिक संरचनामा फेरबदल गरी प्रयुक्त गुणहरु मानव हितमा प्रयोग गर्न निकै नै सहज भएको छ । सदियौं पहिले हाम्रा पूर्खा (पर्सियनरचाइनिज) हरुले तन्काइएको सिसामा सून या चाँदीका नानोकणहरुको उपयोगबाट मनमोहक रङ्गीन चम्कने झ्याल प्रयोगमा ल्याएको बताइन्छ ।

मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद (वर्ग सङ्घर्ष) हो, जो भौतिक विज्ञानका सिद्धान्तहरुमा आधारित छ । सुक्ष्म (नदेखिने) एवं सघन उत्पीडनको चापीय प्रवेगले मानिसमा ‘विद्रोही वैचारिक मनस्थिति’ (क्रान्तिकारी) को सिर्जना गराउने रहेछ । यसरी, एक-एक गरी एकत्रित भएकोरगरिएको यस किसिमको झुण्ड नै क्रान्तिकारी दस्तामा परिणत हुने रहेछ ।

लगभग अणु-परमाणु जत्तिकै स-साना कण, जसलाई विशिष्ट वैज्ञानिक सीपद्वारा दोस्रो पदार्थमा सजिलै घुलमिल गराउन सकिन्छ, यस्ता कणहरुलाई आधुनिक विज्ञानको भाषामा आयाम विहिनकण अर्थात ‘क्वान्टमडट’ भन्ने गरिएको छ । अर्को पदार्थमा सजातीय वस्तुजस्तै घुलमिल हुनसक्ने यस्तो वैज्ञानिक प्रक्रिया (नानोप्रविधि) ले नयाँ पदार्थको सिर्जना गराउँदछ, जसका भौतिक या रसायनिक गुणहरु प्रयोग भइरहेका दुवै पदार्थहरुको भन्दा भिन्न र अतिविशिष्ट (श्रेष्ठ) बन्न पुगेका हुँदारहेछन् ।

समाज विज्ञानमा यस किसिमको पुष्टयाई गर्न सकिने ज्वलन्त उदाहरणको रुपमा नेपाली मौलिकतामा मार्क्सवादको सिर्जनात्मक प्रयोगलाई लिन सकिन्छ । मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद (वर्ग सङ्घर्ष) हो, जो भौतिक विज्ञानका सिद्धान्तहरुमा आधारित छ । सुक्ष्म (नदेखिने) एवं सघन उत्पीडनको चापीय प्रवेगले मानिसमा ‘विद्रोही वैचारिक मनस्थिति’ (क्रान्तिकारी) को सिर्जना गराउने रहेछ । यसरी, एक-एक गरी एकत्रित भएको/गरिएको यस किसिमको झुण्ड नै क्रान्तिकारी दस्तामा परिणत हुने रहेछ । यसर्थ, जनयुद्धको जगमा आधारित क्रान्तिकारी दस्ता र सुधारवादी वा यथास्थितिवादी शक्तिका बीच सहमतिको प्रक्रिया हुँदै गर्दा सुधारवादी शक्तिको क्रान्तिकारी जोश–उमङ्ग क्रमशः सेलाउँदै जान्छ ।

umakanta lamichhane
लेखकका पिता उमाकान्त लामिछाने

यता, क्रान्तिकारीहरू पनि शिथिल हुँदै अलि सुधारवादमुखी बन्दै जाने भएपछि क्रान्तिकारी शक्ति क्रमशः कमजोर अनि यथास्थितिवादी शक्ति बलियो हँदै आउने सामाज विज्ञानको नियम हुने रहेछ । तसर्थ, समय लम्बिदै जाँदा शक्ति सन्तुलन पनि फेरिँदै जाने रहेछ । परिणामस्वरुप, संविधान जारी हुने बेलासम्म आइपुग्दा क्रान्तिकारी शक्ति कमजोर हुन पुग्यो र यथास्थितिवादी शक्ति नै हाबी हुन थाल्यो । त्यसकारण जनताले जुन आमुल परिवर्तनको अपेक्षा गरेका थिए, त्यो पूरा हुन सकेन ।

तथापि, हामीले सामन्तवादलाई अन्त्य गरेर जनताको शासन सत्ता अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्यौं । जसले सामूहिकताभित्रको स्वतन्त्रतालाई अङ्गालेको छ, न कि हिजोको जस्तो उदारवादी लोकतन्त्रमा आधारित फगत निजी स्वतन्त्रता । यसले समानतामा आधारित लोकतन्त्र भनेर महिला, दलित, सीमान्तकृत र उत्पीडित समुदायहरुलाई राज्यका सबै अङ्गमा प्रतिनिधित्व गराउने ढाँचा अबलम्वन गरेको छ । यसर्थ, पहिलेको राजनीतिक व्यवस्थाको तुलनामा भिन्न र सुधारात्मक परिवर्तन (श्रेष्ठ) भएको छ ।

नानो–प्रविधिको थप वैज्ञानिक उदाहरणका लागि : (१) प्रेसर कुकर, राइस कुकर या ताओको बिँड जो क्याडमियम सेलेन्वाइड पदार्थबाट बनेको हुन्छ, साधारण अवस्थामा करीब ४०० डिग्री सेन्टिग्रेडमा पग्लने यो पदार्थ नानो तहमा आइपुग्दा करीब १४०० डिग्री सेन्टिग्रेडमा मात्र पग्लन्छ । (२) दैनिक जीवनमा अत्याधिक प्रयोग हुने कडा धातु (फलाम), जसलाई रिफाइन गरी स्टील बनाइएको हुन्छ, साधारण स्टील जति बलियो छ, नानो तहसम्म आइपुग्दा यही धातु छ गुणा अधिक बलियो (स्ट्रेन्थ) बन्दछ । (३) अन्तरीक्षमा प्रक्षेपण गरिने रकेटलाई चाहिने उर्जा आपूर्ति गराउन रकेटभन्दा ठूलो आकारको पेट्रोलियम भण्डारण गर्नुपर्ने बाध्यतालाई थोरै पेट्रोलियममा केही मात्र अलमुनियम (सिलोट) नानोकणहरु मिसाउँदा यसबाट हामीले कल्पना नै गर्न नसकिने गरी उर्जा उत्पादन हुने रहेछ, जसले रकेटलाई एकैचोटी सजिलैसँग पृथ्वीबाट हुत्याएर यसको गुरुत्व बलबाट छुटाउँदछ । (४) बढ्दो जनसंख्यालाई खाद्य आपूर्ति कृषिजन्य उपजबाट नै गरिएको हुन्छ । नेपाल जस्तो कृषिप्रधान मुलुकको विकासको मेरुदण्ड नयाँ प्रविधिमा आधारित (बायो नानोटेक्नोलोजी) कृषिजन्य वस्तुहरुको उत्पादन, प्याकेजिङ, भण्डारण लगायत बजारीकरणमा समेत सहयोग पुग्ने गरी खाद्यजन्य उद्योगहरुमा नानोटेक्नोलोजीको अहम् भुमिका हुने रहेछ । उदाहरणका लागि प्रीसिजन फार्मिङ – जो बिरुवामा राखिएको मल जसमा थोरै मात्र जिंकसल्फाइडका नानोकणहरु मिसाइन्छ, जसले गर्दा धेरै एवं बढी पोषणबर्धक फल दिने मात्र होइन कि रोग प्रतिरोधात्मक एवं प्रतिकूल वातावरणमा पनि सुरक्षित रहनसक्ने शक्ति आर्जन गर्ने रहेछ, याने कि उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।

त्यसैगरी बिरुवामा लाग्ने किरा–फटङग्रा नाश गर्न सुन या चाँदीका नानोकणहरु घुलाइएको तरल पदार्थमा थोरै मात्र सिलिकन नानोकणहरु मिसाउँदा कम खर्चमा झनै प्रभावकारी बिषादी बन्ने रहेछ । (५) मानिसको सुन्दरता बढाउन आभूषणको रुपमा प्रयोग गरिँदै आएको ‘सुन’, जो रसायनिक प्रतिक्रियाविहिन इनर्ट (कहिल्यै खिया नलाग्ने/नष्ट नहुने) धातु मानिएको छ, नानो तहसम्म आइपुग्दा यसले तिव्र रसायनिक प्रतिक्रिया देखाउने रहेछ, जुन गुणलाई पदार्थहरुमा आकर्षक, मनमोहक रङ्ग सिर्जना गर्न मात्र नभई धुलो, मैलो, धुवाँजस्ता प्रदुषणजन्य चीजहरुबाट काठमाडौँजस्ता प्रदूषणग्रस्त शहरी बस्तीलाई प्रदूषणमुक्त गराउन प्रयोग गर्न सकिन्छ । यसका लागि ब्लाडरट्रयापमा प्रयोग हुने यस किसिमका सुनका नानोकणहरुको इनर्जीलेवल यसरी डिजाइन गरिन्छ कि जसले आफ्नो क्षेत्रभित्रका प्रदूषणजन्य धुलो धुवाँजस्ता इत्यादि कणहरुलाई चुम्बकले जस्तै तान्दछ र ब्लाडरट्रयापमा हाल्दछ, जहाँबाट यी पदार्थ उम्कन सक्दैनन् । प्रदूषणग्रस्त ठाउँहरुमा नानोप्रविधिद्वारा आर्जित यस प्रकारको ज्ञान र सीपलाई आवश्यकता अनुकूल प्रयोग गरिएको खण्डमा हाम्रो मानव सभ्यताले थप उचाई हासिल गर्नेछ ।

त्यसैगरि सञ्चार क्षेत्रमा ट्रान्जिष्टारको आविष्कार (१९४७) पछि कम्प्युटर (१९७०) एवं स्वचालित टेलर यन्त्र (१९८०) हुँदै १९९० सम्म आइपुग्दा इन्टरनेटको सार्वजनिक पहुँच बिस्तार भएलगत्तै सन् २००० मा स्र्माटफोन (मोबाइल) को बजार प्रवेशपछि हाल क्लाउड कम्प्युटिङसम्मका प्रविधिले आमसञ्चार जगत मात्र नभई डिजिटल पद्दतिद्वारा मानिसको दैनिक कामकाजमा सहजता, पारदर्शिता एवं सूचनाको भण्डारणले सारा संसारलाई निकै सानो र सबल बनाउन सफल भएको सूचना प्रविधि, औद्योगिक क्रान्तिपछिको महत्वपूर्ण क्रान्ति मानिएको छ ।

आभूषणको रुपमा प्रयोग गरिँदै आएको ‘सुन’, जो रसायनिक प्रतिक्रियाविहिन इनर्ट (कहिल्यै खिया नलाग्ने/नष्ट नहुने) धातु मानिएको छ, नानो तहसम्म आइपुग्दा यसले तिव्र रसायनिक प्रतिक्रिया देखाउने रहेछ, जुन गुणलाई पदार्थहरुमा आकर्षक, मनमोहक रङ्ग सिर्जना गर्न मात्र नभई धुलो, मैलो, धुवाँजस्ता प्रदुषणजन्य चीजहरुबाट काठमाडौँजस्ता प्रदूषणग्रस्त शहरी बस्तीलाई प्रदूषणमुक्त गराउन प्रयोग गर्न सकिन्छ ।

तर, सूचना प्रविधिको सामर्थ्य/चुरो सोलार–सेलको जस्तै सिलिकन नानोचिप्समा रहेको हुन्छ भन्ने कुरा हामीमध्ये थोरैलाई मात्र ज्ञात हुन सक्दछ । रसियन भौतिकशास्त्रीहरुले हालै सार्वजनिक गरेको एक अध्ययनअनुसार जीवसम्मत ‘सुन’का नानोकणहरु यसै पनि प्रज्वलनशील हुने रहेछन्, त्यसैमाथि यसमा अतिकम सिलिकन नानोकणहरु घुलमिल गराउँदा उत्पन्न हुने ‘इयाडिएटेड रेडिएसन’ चारगुणा बढी शक्तिशाली हुने रहेछ, जसले शरीरभित्रको मात्र ट्युमरलाई (नर्मल सेल यथावत) सजिलै भष्म बनाउन सक्दछ । उत्प्रेरकको रुपमा सिलिकनको यस्तो नानोयौगिक, शरीरभित्रका संवेदनशील अङ्गहरुमा नानोसर्जरीका लागि सर्जनहरुले क्यान्सरजस्ता रोगहरु उपचार पद्धतिको रुपमा अपनाउँदा कम समय, कम खर्च र कम जोखिमका साथ कार्य सम्पन्न हुने रहेछ । यसरी, सिलिकन नानोटेक्नोलोजीले आम सूचना प्रणालीमा सर्वसाधारणको पहुँच बिस्तारमा मात्र होइन, मृत्युवरण नै गराउने क्यान्सर, ब्रेनट्युमर, वोनम्यारोजस्ता थुप्रै रोगहरुबाट हजारौं सर्वसाधारणको जीवन रक्षा गर्दै आइरहेको छ ।

यी त केही सीमित उदाहरणहरु मात्र हुन् । यस्ता थुप्रै दृष्टान्तहरु छन्, जसले सारा संसारभरि उज्यालो छर्न सकिने, सारा दुनियाँको मुहारमा मुस्कान बर्साउन सकिने, सिङ्गापुरको जस्तै राष्ट्रिय सम्वृद्धि हासिल गर्न सकिने भएको हुनाले विकास र सम्वृद्धिमा अथाह सम्भावना बोकेको, उज्यालो नेपालको मानक नानोटेक्नोलोजीले नेपालको मुहार बदल्न सक्दछ ।

हजारौं योद्धाहरुले देशको अग्रगामी राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र आधुनिक प्रविधिमार्फत् नेपालको कायापलट गर्ने सपना देख्दै र सपना देख्दै आफ्नो जीवनको कुर्वानी गरे । पिताजीले पनि जहाँनिया राणाशासनको विरुद्ध र नेपालमा वैज्ञानिक समाजवादको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभयो, नयाँ नेपालको सपनाका लागि निर्वासित हुनुभयो, गाउँ–बस्तीमा आधुनिक चेतनाको दियो बाल्नुभयो । उहाँको निधनको ४५ औं दिनका सन्दर्भमा नानो–प्रविधिलाई हाम्रो जीवन बदल्ने औजारमा रुपान्तरण गरौं, पिताजीप्रति फेरि पनि भावपूर्ण श्रद्धासुमन !

(पिता उमाकान्त लामिछाने दिवङ्गत हुनुभएको ४५ औं दिनको सन्दर्भमा लेखक लामिछानेले पिताजीको स्मृतिमा यो लेख लेख्नुभएको हो–सम्पादक।)

यो पनि पढ्नुहोस्

नानो–प्रविधि : कसरी सम्भव छ समृद्धि ?