‘ज्ञानेन्द्रलाई फेरि राजा बनाएर देखाउँछौं’ : कमल थापा (भीडियोसहित)

kamal thapa
लाेकपाटी न्यूज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने, ‘अब हामी हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि सङ्घर्ष गर्ने हो, हिन्दूराष्ट्र पूर्नस्थापना गर्न हामी अब सडकमा आउँछौं।’

यसका लागि राज्यबाट दमन भए आफूहरु जस्तोसुकै कदम पनि उठाउन सक्ने पनि चेतावनी दिए । त्यस्तै उनले आफूहरु राजसंस्थाको पक्षमा रहेको सुनाउँदै भने, ‘हामी राजसंस्थाको पक्षमा छौं । हामी पहिलेकोजस्तो सक्रिय राजतन्त्रको पक्षमा छैनौं । संवैधानिक राजसंस्थाको पक्षमा छौं । शाहवंशको कुरा गर्दा अबको राजा ज्ञानेन्द्र नै हो । उहाँलाई नै राजा बनाउँछौं।’

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं । उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

त्यस्तै उनले भारतले नै हिन्दूराष्ट्र ब्युँताउने कुरामा आफूहरुलाई स्वीकार्य नहुने जिकिर गरे । अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताको लागि राजसंस्था मान्ने सहमति भइसकेको पनि जनाए ।