डलरको मूल्य घट्यो, यस्तो छ आजको विनिमयदरको अवस्था

Foreign currency
लाेकपाटी न्यूज

काठमाडौं, ९ मंसिर । आइतबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमयदरअनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ७८ पैसा पर्छ । त्यस्तै बिक्री मूल्य भने ११३ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ८६ पैसा छ ।

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७८ पैसा रहँदा  र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा तोकिएको छ  ।

कतारी एक रियालको खरिद मूल्य ३० रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३१ रुपैयाँ १४ पैसा रहेको छ ।

हेर्नुहोस् आइतबारको विदेशी विनिमय दरको अवस्था :

exchange rate