अर्जुन र मलाइकाले किने फ्ल्याट !

Arjun and Malaika
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडकी हट मलाइका अरोडा र अर्जुन कपूर पछिल्लो समय मिडियामा देखिइरहेका छन् । यी दुईको प्रेम सम्बन्धले सामाजिक सञ्जाल मात्र नभई बलिउड बजार नै तताएको छ । ३३ वर्षीय अर्जुन कपूर र ४५ वर्षीया मलाइका अरोडाको अफेयरलाई लगभग सबलाई थाहा भइसकेको छ । तर, अर्जुन मलाइकासँग हिँड्दा मुख छोपेर हिँड्ने गरेका छन् ।

तर, अहिले यी दुईको एक विशेष खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस जोडीले एक फ्ल्याट खरिद गरेका छन् । यी दुईका नजिकका सुत्रका अनुसार उनीहरुले लोखंडवाला कम्प्लेक्समा फ्ल्याट किनेका हुन् ।

पछिल्लो समय यी दुईले क्वालिटी समय बिताइरहेका छन् । बताइएअनुसार अर्जुन र मलाइकाले आगामी मार्चमा विवाह गर्न सक्छन् ।