काँग्रेसमा केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव

लाेकपाटी न्यूज

काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव राखेको पेश भएको छ ।

बैठकमा विधान मस्यौदा समितिले केन्द्रीय सदस्यको संख्या बढाएर १ सय ४१ पुर्‍याउने प्रस्ताव पेश गरेको हो । नेपाली काँग्रेसमा हाल ८५ केन्द्रीय सदस्य रहेका छन् ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिको प्रतिवेदन बैठकमा पेश गरेका हुन् ।

आइतबारबाट सुरु भएको बैठकमा समितिले तयार पारेको  विधान अध्ययनका सबै काँग्रेस केन्द्रीय सदस्यहरुलाई वितरणसमेत गरिएको छ ।

यही मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काँग्रेस महासमितिको बैठक बस्ने जनाइएको छ  ।