चायाँले हैरान बनाएको छ भने अपनाउनुस् यी घरेलु उपाय

Dandruff
लाेकपाटी न्यूज

काठमाडौं । चायाँको समस्या धेरै मानिसहरुलाई हुने गरेको छ । मानिसहरु कपालमा परेको चायाँ हटाउन विभिन्न प्रकारका औषधि प्रयोग गर्ने गर्छन् । तरपनि समस्या समाधान हुँदैन । तर, आज हामी तपाईलाई चायाँ हटाउने केही घरेलु उपायबारे जानकारी दिन गइरहेका छौं ।

सुन्तलाको बोक्रा

सुन्तलामा हुने अमिलो तथा भिटामिन ‘सी’ले छालाको समस्याबाट टाढा राख्छ तर सुन्तलाको बोक्राले कपालको लागि राम्रो गर्छ । यसको बोक्राको पेस्ट बनाएर हप्तामा २/३ पटकसम्म लगाएमा चाँयाले तपाईलाई सताउने छैन ।

कागतीको रस

कागती रसले कपालमा नियमित मसाज गरेमा चायाँ कम हुँदै जान्छ । यसको लागि २ चम्चा नरिवलको तेलमा बराबर मात्रामा कागतीको रस मिसाउने र कपालमा लगाउनुपर्छ । कपालमा मसाज गरेपछि २० मिनेट सम्म स्थिर रहनुहोस् । त्यसपछि स्याम्फूले टाउको पखाल्नुहोस् । हप्तामा वा केही हप्तासम्म २ देखि ३ पटक सम्म यो यो अभ्यास जारी गरेमा तपाईको कपालमा भएको चायाँ हट्नेछ ।

बेकिङ सोडा

चाँयासँग लड्नको लागि बेकिङ सोडाले पनि सहयोग गर्छ । यसका लागी एक जति चम्चा बेकिङ सोडा लिनुहोस् र भिजेको कपालमा बिस्तारै लगाउनुहोस् । त्यसपछि केही मिनेट यस्सै छाड्नुस अनि नुहाउनुहोस् । यसरी एक हप्तामा चार पटक गर्नुभयो भने चाँया हट्नमा ठूलो सहयोग गर्नेछ ।

दही

थोरै दही कपालमा लगाएर मसाज गर्नुहोस् । मसाजपछि ३ देखि ४ घण्टासम्म खुला छोड्नुहोस् । र, स्याम्पुले कपाल पखाल्नुहोस् । दहीले चायाँ हटाउने मात्र नभई हेयर कन्डिसनरको पनि काम गर्छ ।

नीमको जुस्

नीमलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको पाइन्छ । नीमको हरियो पातलाई पिसेर लेदो बनाउनुहोस् र यसको जुस् कपालमा लगाउनुहोस् । त्यसको १० मिनेटपछि पानीले पखाल्नुहोस् । जसले चायाँ हटाउन विशेष सहयोग गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्