कांग्रेस नेता भण्डारीले लिए विद्यावारिधिको उपाधि

chandra-bhandari
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विद्यावारिधी सकेका छन् । भण्डारीले नेपालको राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधीको सोध गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिवार नै आफ्नो सोधको ‘डिफेन्स’ गरेका थिए । ‘डिफेन्स’ सकेसँगै त्रिविका पदाधिकारी तथा विभागका प्रमुखले बधाइ दिएका थिए ।

राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्वविद्यालयकै पहिलो सोध हो । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको प्रभावको विषयमा विभिन्न ७ भागमा गरिएको सोधमा विभिन्न कालखण्डको अध्ययन गरिएको छ । २००७ सालको जनआन्दोलन त्यसपछिको कालखण्ड, ३० बर्षीय पञ्चायती कालखण्ड त्यसको अघि र पछिको अवस्था र २०४६ साल देखि २०६३ सालसम्मको अवस्थाको अध्यययन गरिएको छ ।

आफ्नो सोधमा भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भाषिक र धार्मीक बिषयको अध्ययन गरेका छन् । उनको सोधमा विश्वव्यापीकरणको प्रभावले नेपालको राष्ट्र राज्य प्रकृयामा आर्थिकका केहि मानक बाहेक सबै क्षेत्रमा नकारात्मक रहेको देखिएको छ । नेपालको आगामि दिन अझ बढि कठिन र चुनौतीपुर्ण रहेको भण्डारीको सोधको निष्कर्ष रहेको छ ।

कांग्रेस नेता भण्डारीले नेपालीहरुले हामी को हौ भन्ने जवाफ नखोज्ने हो भने हाम्रो सीमा रहेपनि हामी नेपालीपन भएको नेपालीको रुपमा नरहने निश्कर्षमा आफु पुगेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्