गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

siriya gov
लाेकपाटी न्यूज

दमास्कस, १० मङ्सिर । सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ ।

राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।

उहाँको निर्देशन अनुसार जलश्रोत, आन्तरिक व्यापार, गृह, पर्यटन, शिक्षा, उच्च शिक्षा सार्वजनिक कार्य तथा निर्माण, सञ्चार र उद्योग मन्त्रीहरु परिवर्तन परिवर्तन भएका हुन् ।

गृहमन्त्रीको परिवर्तनलाई सिरियामा बढी अर्थपूर्ण रुपमा लिएर चर्चा गरिएको छ । परिवर्तन गरिएका गृहमन्त्री मोहम्मद अल शार सन् २०११ देखि उक्त पदमा थिए ।