आइसीसी वरियतामा खस्किए पारस खड्का

paras khadka
लाेकपाटी न्यूज

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को बरियतामा नेपाली टोलीका कप्तान पारस खड्काको बरियता खस्किएको छ । आइसीसीले सोमाबार सार्वजनिक गरेको नयाँ टी– २० बरियतामा नेपालका तीन खेलाडी एकसय भित्र अटाएका छन् ।

बरियतामा नेपालका कप्तान पारस, सोमपाल कामी र वसन्त रेग्मी शीर्ष सयभित्र छन् तर, ब्याटिङको बरियतामा पारस दुई स्थान तल झर्दै ९५ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी एक स्थान माथि उक्लिएका छन् । उनी ९३ औं स्थानमा छन् । वसन्त रेग्मी ७५ औं स्थानमा यथावत छन् ।

यसैगरी अलराउण्डरतर्फ पारस ४१ औं र सोमपाल कामी ६४ औं स्थानमा यथावत छन् । विश्व वरियतामा ब्याटिङतर्फ वावर आजम, बलिङमा रासिद र अलराउन्डरमा ग्लेन म्याक्सवेल शिर्ष स्थानमा छन् ।