सामाजिक सुरक्षा कार्यक्रमको स्वागतमा हजारौं मजदुर सडकमा (भिडियो)

46781428_1999110300136351_356300741595365376_n
लाेकपाटी न्यूज

काठमाडौं, ११ मङ्सिर । सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गर्दै हजारौं मजदुर सडकमा ओर्लिएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमका लागि मजदुर, विद्यार्थी, युवा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु सडकमा आएका हुन् ।

अहिले कार्यक्रमको जुलुस सुरु भएको छ । मजदुर नेताहरुले यस कार्यक्रम मजदुर आन्दोलनको ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

मजदुरहरुले ‘नयाँ युगको सुरुवात भो, सामाजिक सुरक्षा लागू भो’ भन्ने नारा लगाएका छन् । कार्यक्रममा हजारौं युवाहरु उत्साहित रुपमा सहभागी भएका छन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्।