‘तामझाम होइन, अब सरकारका कार्यक्रममा बाजा बज्छ’ : प्रधानमन्त्री ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सरकारका महत्वपूर्ण कार्यक्रममा तामझाम मात्र नभई बाजासमेत बजाइने बताएका छन् ।

मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अबका कार्यक्रममा बाजा बजाइने बताउँदै भने, ‘यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउन् भनेर हो ।’

उनले सरकार देश विकास गर्न बनेको उल्लेख गरे । जता फर्कियो उतै सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकार कहाँ छ भनेर प्रश्न सोध्नेहरुलाई प्रधानमन्त्रीले जवाफ दिँदै भने, ‘मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपाईले जवाफ पाउनुहुन्छ ।’