सामाजिक सुरक्षा योजना- ‘आजको दिन महत्वपूर्ण’ : अध्यक्ष शर्मा

Haribhakta Sharma
लाेकपाटी न्यूज

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामाजिक सुरक्षा कोष दश वर्षमा सबैभन्दा ठूलो कोष हुने बताएका छन् ।

मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने, ‘सामाजिक सुरक्षा कोष दश वर्षमा सबैभन्दा ठूलो कोष हुनेछ र यो कोष राष्ट्र निर्माणमा सही सदुपयोग होस् ।’

उनले आगामी १० वर्षभित्र कुनै पनि नेपालीले गलत काम नगर्ने र नेपाली कामदार मात्र होइन म्यानेजर हो भन्ने आजको दिनले प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालमा उद्यमशीलता विकास गर्न आजको दिन महत्वपूर्ण रहेको धारणा राखे ।