नेपाल चेम्बर एक्स्पो मङ्सिर १३ गतेबाट

46768344_741972259495316_6451187869552738304_n
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा यही मंसिर १३ देखि १७ गतेसम्म भृकुटी मण्डप प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा “नेपाल चेम्बर एक्स्पो २०१८” हुने भएको छ ।

कमर्शले मेलाको चौंथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ । मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

यस वर्ष म्यानमार एक्स्पोको पार्टनर कन्ट्री रहेको आयोजकले जनाएको छ । यसैगरि म्यानमारको म्यानमार उद्योग वाणिज्य महासङ्घको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा Automobile, Electrical & Electronics, Flooring & Furnishing, Home Appliances, Fashion wear & Accessories, Mobile & Gadgets, FMCG आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्नसक्ने आयोजकको विश्वास छ ।

“नेपाल चेम्बर एक्स्पो २०१८” को गोल्ड स्पन्सर NESTLE एवं सिल्भर स्पन्सर HERITAGE CARPETS रहेका छन्। यस्तै मेलाको अफिसियल इन्सूरेन्स PRABHU INSURANCE रहेको छ ।

मेलामा १५० स्टलहरू रहने छन्, जसमा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, म्यानमार, पाकिस्तान, बङ्गलादेश, चीन, कोरिया, जापान तथा अन्य मुलूकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।