मेयरको महंगो गाडी तर दमकल छैन

Damkal
लाेकपाटी न्यूज

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित एउटा घरमा भएको आगलागीमा एकै परिवारका चार जनाको ज्यान गएको छ । आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका-७ लालझोडामा एकै परिवारका चार जनालाई आगोले स्वाहा पारेपछि नगरपालिकाका जनप्रतिनिधिप्रति स्थानीयबासी आक्रोशित बनाएका छन् ।

स्थानीयबासीहरु भन्छन्, ‘मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न किन नसक्ने?’ शिवसताक्षी नगरपालिका-८ का हेमराज पाण्डेले नगरपालिका सुगम क्षेत्रमा रहे पनि जनप्रतिनिधिले दमकल किन्न चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरे ।

‘दमकलको न्यून संख्याले चिन्ता’ वीरगञ्जमा ग्यास उद्योगमा आगलागी उनको भनाइ छ , ‘झापाको यो नगरपालिका पूर्वपश्चिम राजमार्गले भेट्छ। जहाँ पनि गाडी पुग्छ। मेयर चढ्ने गाडी ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेर किन्ने तर एउटा दमकल राख्न नसक्ने ?’

झापाको यस नगरपालिका पूर्वपश्चिम राजमार्गले छुन्छ । हरेक ठाउँमा गाडी पुग्छ । मेयर चढ्ने गाडी ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेर किन्ने तर एउटा दमकल राख्न नसक्ने ? हेमराज पाण्डे, सर्वसाधारण, शवसताक्षी नगरपालिका उनले विगतमा पनि सोही नगरपालिका हाताभित्र परिवारै सखाप हुनेगरी आगलागी भएको सुनाए ।

आइतबार राति भएको आगलागीमा परी ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल तथा तीन महिनाका टीकाराम खनालको मृत्यु भएको थियो। शिवसताक्षी नगरपालिकाकामा मेयर र उपमेयरका निम्ति गाडी छ तर दमकल छैन नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले आलोचना भए जस्तो आफूहरूले सुविधा नलिएको दाबी गरेकी छन् ।

दमकल राख्ने आर्थिक क्षमता र जनशक्ति नगरपालिकासँग नभएकाले किन्न नसकेको उनको भनाइ छ । उनले भनिन्, ‘हामीले मेयरका लागि भनेर एउटा गाडी किनेका हौँ । म चढ्ने गाडी त पुरानै हो । हामी एक्लैले दमकल राख्न नसक्ने भएकाले अहिलेसम्म किनेका छैनौँ ।’