नक्कली सुनको बिगबिगी, बल्खुबाट तीन पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १२ मंसिर । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु. ३६ लाख ६५ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।