बिहीबारदेखि जोरबिजोर प्रणाली

Vechile
लाेकपाटी न्यूज

काठमाडौं, १२ मंसिर । भोलिबाट काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमा भोलि (बिहीबार)बाट जोरबिजोर प्रणाली लागू गरिने भएको छ । राजधानीमा यही मंसिर १४ गतेदेखि १७ गतेसम्म एशिया प्यासिफिक सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा भाग लिन आउने पाहुनाहरुको आवागमन सहज होस् भन्नका लागि जोरबिजोर प्रणाली लागू हुने भएको हो ।

ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर प्रणालीका लागि तयारी पूरा गरिसकेको बताइएको छ । महाशाखाका अनुसार १३ गतेदेखि १६ गतेसम्म सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुनेछ ।

मंसिर १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारीसाधन गुड्न पाउँछन् भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारीसधान चल्न पाउँछन् । दमकल, एम्बुलेन्स, तरकारी, खानेपानी तथा शैक्षिक संस्थाका गाडीहरुलाई पनि जोरबिजोर प्रणाली लागू हुनेछैन ।

जोरबिजोर प्रणालीको प्रचारप्रसार भइसकेको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए ।

सम्मेलनमा ४२ मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखसहित १ हजार ५ सय विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।