चेम्बर र जापान–नेपाल बिजनेश चेम्वरबीच सम्झौता

chembar
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र जापान-नेपाल बिजनेश च्याम्वर अफ कमर्स बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

चेम्वर भवन काठमाण्डौमा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्शको तर्फबाट बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र जापान(नेपाल बिजनेश च्याम्वर अफ कमर्सका तर्फबाट अध्यक्ष डेजीमा योशिनोवुले नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको समुपस्थितिमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, नरेश श्रेष्ठ, सदस्य सन्तोष पाण्डे तथा जापानका लागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक व्यापार प्रतिनिधि वलराम श्रेष्ठको उपस्थिति रहेको थियोे ।

समझदारी पत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानी गर्न जापानी पक्षसँग आग्रह गरे । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनले जापनी पक्षसँंग विशेष अनुरोध गरे । समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ ।

समझदारी पत्रमा द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको आदान प्रदान, लगानी तथा व्यापार अभिवृद्धि गर्न सूचनाहरु आदान प्रदान गर्ने, मेला आयोजनामा सहजीकरण गर्ने लगायतका विषयमा सहमति भएको छ ।

नेपाल चेम्वर अफ कमर्सले हालसम्म ६० वटा अन्तर्राष्ट्रिय चेम्वरहरुसँंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्