१२६ घण्टा नाचेर बन्दनाले राखिन् विश्व रेकर्ड

dance bandana
लाेकपाटी न्यूज

काठमाडौं । सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वल्र्ड रेकर्ड कायम गरेकी छिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकी छिन् ।

मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेकर्ड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको रेकर्ड बनाएकी थिइन् ।

अब विश्वमा नै सबैभन्दा धेरै समय नाचेर गिनिज बुकमा नेपाली चेली बन्दनाले आफनो नाम समावेश गरिन् । बन्दनाको यस कार्यक्रममा हौसला दिन धेरै कलाकारहरु पनि उनको कार्यक्रममा उपस्थित भएका थिए ।

विभिन्न नेपाली गीतहरुमा नृत्य गरेकी बन्दनालाई प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउन समय दिएको थियो । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।

नाच्दा नाच्दै उनको खुट्टा केही सुन्निएको भएपनि उनको स्वास्थ्यमा खासै असर नपरेको बताइएको छ । धनकुटाकी १७ बर्षीया बन्दना चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् ।

बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् ।