आजदेखि चार दिन उपत्यकाका सबारीमा जोर बिजोर प्रणाली

bike lisence
लाेकपाटी न्यूज

काठमाडौं । आजदेखि उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौंमा हुने एसिया प्यासफिक समिटलाई ध्यानमा राखी सरकारले आजदेखि चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो । तर, अत्यावश्यक सेवा, विद्यालय र प्रेसका लागि यो प्रणाली लागू हुने छैन ।

सरकारले १३ र १५ गते बिजोर नम्वरका सवारी साधन एवं १४ र १६ गते जोर प्रणालीका सवारी साधन सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्