अमृताको घरमा अर्जुन-मलाइका

Arjun-Malaika
लाेकपाटी न्यूज

एजेन्सी । भनिन्छ- प्रेमले उमेर हेर्दैन । प्रेम जुन उमेरको मानिससँग पनि हुन सक्छ । त्यस्तै भएको छ बलिउडमा । ३३ वर्षीय अभिनेता अर्जुन कपूरको ४५ वर्षीया मलाइका अरोडासँगको अफेयरले यतिबेला बलिउड गर्माएको छ । यी दुईको डेटिङको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमहरुले खबर छापिरहेका छन् ।

उनीहरु कहिले डिनर डेटमा भेटिन्छन् त कहिले पार्टीमा । हालै यी दुई मुम्बईमा स्पट भएका थिए । हालै अर्जुन-मलाइका अमृताको घर पुगेका थिए । जहाँ करीना कपूर पनि छोरा तैमूरसँग अमृताको घर गएकी थिइन् ।

Kareena Kapoor

पहिला मलाइकासँग अर्जुन मुख लुकाएर हिँड्थे भने अहिले मुख देखाउन थालेका छन् । यद्यपी अर्जुन आशोतोष गोवारिकरको फिल्म ‘पानीपत’मा काम गरिरहेका छन् ।

बताइएअनुसार अर्जुन र मलाइकाले मिलेर मुम्बईमा एक फ्ल्याटसमेत किनिसकेका छन् । आगामी वर्ष उनीहरुले बिहे गर्ने सक्ने बलिउड पण्डितहरुले अनुमान गरेका छन् ।