‘जोरबिजोर प्रणालीको अवज्ञा गरौं’ : गगन थापा

gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारले विदेशी पाहुनाका लागि सवारी आवागमनमा सहजता ल्याउन लागू गरेको जोरबिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । उनले धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भएको टिप्पणी गरेका छन् ।

बिहीबार नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा एक आह्वान पोष्ट गर्दै लेखेका छन्, ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएकाे विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’