नेकपाको कर्णाली प्रदेश कमिटीमा को-को (नामसहित)

Nepal-Communist-Party
लाेकपाटी न्यूज

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । यसअघि नै बैठकले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाइसकेको छ ।

नेकपाको कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ हुन् । यामलाल कँडेलसह-इञ्चार्जको रुपमा छन् । त्यस्तै गोरखबहादुर बोगटीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको छ । मायाप्रसाद शर्मा प्रदेश कमिटीको सचिवको रुपमा रहेका छन् ।

लोकपाटीलाई प्राप्त भएको सूचीअनुसार कर्णाली प्रदेश कमिटीका सदस्यहरुको नामावली यसप्रकार छन् :

विमलकुमार पुन, हरी केसी,  दत्तबहादुर रोकाया, धर्मबहादुर शाही, तिर्थबहादुर बुढा, दल रावल, नगिन्द्र शाही, करविर शाही, रविन्द्रराज शर्मा, ध्रुवकुमार शाही, उदयबहादुर बोहरा, धिरेन्द्रराज गिरी,  लोकबहादुर हमाल, गोपालबहादुर बम, तुलाराज विष्ट, लालबहादुर महतारा, टेकबहादुर खाँड, ताराप्रसाद देवकोटा, छक्कबहादुर लामा, छिमिदोर्जे लामा, जनकनाथ योगी, जीतबहादुर राना, जीवन बुढा, झक्कुबहादुर घर्ती, चन्द्रबहादुर शाही, टकबहादुर घर्ती, टिकाराम वली, ठम्मरबहादुर विष्ट, डम्बर रावत, ढकवीर राना, तिलक मल्ल, दुर्गबहादुर रावत, दिलमाया बुढा, दानसिं सुनार, देवजंग शाही, दीपेन्द्र रोकाया, धर्मबहादुर केसी, धर्मराज रेग्मी, धनबहादुर विक, धनवीर वली, नरबहादुर पुन कर्णाली प्रदेश कमिटीमा परेका छन् ।

त्यस्तै नवराज धामी, धवराज न्यौपाने, नेपबहादुर कुँवर, निमबहादुर केसी, पञ्चा सिंह, पार्वती थापा, पार्वती विक, पुर्ण धिताल, पुर्णदेव शर्मा, पुष्प वादी, प्रेम कटुवाल, विमला केसी, विशाल शर्मा, विष्णु विक, मीना रखाल, लोकबहादुर डाँगी, पदमबहादुर रोकाया, डा. कुशेन्द्रबहादुर महत, अमृतबहादुर बिसी, योगेन्द्र शाही, मीनबहादुर शाही, सुर्यबहादुर शाही, देवीलाल थापा, शिवराज शर्मा, विनोदकुमार शाह, रिता रावल, चन्द्रप्रकाश घर्ती, नन्दसिंह बुढा, धनबहादुर बुढा, पार्वती बिसुंखे, लक्ष्मी शाह, तुलराज सिंखडा, सुर्यबहादुर शाही, भीमबहादुर सेन, जसीप्रसाद पाण्डे, रत्नबहादुर खड्का, दानसिंह परियार, नरपति लुहार, तोरण विश्वकर्मा, गगनसिंह सुनार, राजु गुईदेल नेपाली, मोहनमाया ढकाल, मेनका पछाई, माधव ढकाल बालकृष्ण सुनार, पुत्रबहादुर मल्ल र कमल शाही रहेका छन् ।

त्यस्तै अमरसिंह राठोर, इन्द्रप्रसाद शर्मा, इमाश्वर देवकोटा, इन्दिरा जिएम, उर्मिला बिक, कर्णबहादुर बस्नेत, कृष्णराज बिक, कृष्णा शाह आचार्य, कर्णबहादुर बुढाथोकी, गंगाबहादुर घर्ती, चन्द्रबहादुर बिक, कृष्णबहादुर केसी, कृष्णबहादुर जिसी, कृतिबहादुर पुन, कालि चलाउने, केदार विष्ट, गगन खड्का, गणेशप्रसाद सिंह, गोपाल शर्मा, गोरख केसी, गोमा कुँवर, ज्ञानबहादुर बली, गंगा खड्का बोगटी, गणेश केसी, गोपेश्वर दाहाल, देवी ओली, बदमीक्वाँरी बोहरा, राधिका भाम मल्ल, चुक्कि शाही, सौमती ऐडी, कौशिलाओती खत्री, सावित्री मल्ल, नन्दा चपाई, मेहेलबहादुर पार्की, रत्नप्रसाद शर्मा न्यौपाने, ठगेन्द्रप्रकाश पुरी, बलबहादुर महत, दल फडेरा, कुर्मराज शाही, डम्बरबहादुर सिंह, अमरबहादुर थापा, नवराज रावत, विजया विष्ट, गोविन्द पुन, मायाराम अधिकारी, वीरेन्द्र बोगटी, शान्ता हमाल, कृष्णबहादुर बिसी, टेकराज पछाई, कृष्णबहादुर हमाल, चुणामणी शर्मा, छेजुङ लामा, तीर्था गौतम, धर्मबहादुर शाही, भद्रसिंह बुढा, भरत धिताल प्रदेश कमिटीमा अटाएका छन् ।

यस्तै शान्तिलाल महत, सूर्यकुमारी श्रेष्ठ, उब्जन शाही, सुरेन्द्रकुमार कार्की, गोरख पछाई, बुद्धप्रसाद शर्मा, बिर्खबहादुर थापा, वीरबहादुर कुँवर, वीरबहादुर रावत, भीमप्रकाश शर्मा, भुपालसिंह वली, मालबहादुर रोकाया, मंगल शाही, महेन्द्र केसी, यसोदा न्यौपाने, युवराज आचार्य, यज्ञबहादुर खत्री, रणसिंह परियार, रामलाल बिक, राधा रोकाया, राते कामी, लक्ष्मी शर्मा, ललिता बिसी, लक्ष्मीकन्या बुढा, लक्ष्मीप्रसाद चौलागाई, लालकेश जैसी, लोकेन्द्र राना, सुकवीर बुढा, जुन्किक लामा, सीता नेपाली, सुम्निमा डिसी, हरिभक्त नेपाली र हरिभक्त शर्माले प्रदेश कमिटीमा स्थान बनाएका छन् ।