‘नेपाल र म्यानमार बीचको सम्बन्ध नयाँ उचाइमा’ : नेतृ सुकी

aang sang suki
लाेकपाटी न्यूज

म्यानमारका राज्य सल्लाहकार तथा नोबेल शान्ति पुरष्कार बिजेता आङसाङ सुकीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०१८ ले नेपाल र म्यानमार बीच मात्र होइन, नेपाल र एक्स्पोमा सहभागी ९ वटा देशबीचको व्यापारिक सम्बन्ध र जनसम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताएकी छिन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित काठमाडौँको भृकुटी मण्डपमा आजदेखि सुरु भएको नेपाल चेम्बर एक्स्पो–२०१८ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले म्यानमार र नेपाल बीच दुईपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझैं बलियो बनाउन उपक्षेत्रीय तहमा गरिने सहकार्य महत्वपूर्ण हुने र त्यसको लागि नेपाल र म्यानमारले उप–क्षेत्रीय मन्चलाई दुइ–पक्षीय हितमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

नेपाल बाहेकका ९ राष्ट्रबाट आफ्नो उत्पादनको प्रबर्दन गर्नलाई व्यवसायीहरु उपस्थित हुनुले यो एक्स्पोले क्षेत्रीय ब्यापारलाई प्रबर्दन र बिस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उनले बताइन् ।

समृद्दिका लागि बहुपक्षीय कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, अधिकारको सुनिश्चितता सहितको राजनीतिक स्थिरता र दिगो विकासलाई केन्द्र बनाएर गरिने यस्ता एक्स्पोले बहु–पक्षीय व्यापारिक सहकार्यलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरिन् ।

सो उद्घाटन कार्यक्रममा विभिन्न देशका राजदुतहरु, सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाल चेम्बर अफ कमर्ससँग आबद्द देशैभरका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्