क्रान्तिकारीद्वारा आगन्तुक विद्यार्थीलाई स्वागत

received_219379038954972
लाेकपाटी न्यूज

काठमाडौं । चौतारा बहुमूखी क्याम्पस स्ववियु सिन्धुपाल्चोकले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न जिल्लाका विभिन्न स्थानीय तहबाट विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकी शास्त्रमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा युवा नेता माधव सापकोटा ‘सुवोध’, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा प्रदेश नं.–३ का संयोजक पवन कार्की, निवर्तमान केन्द्रीय सदस्य रविनजङ्ग बस्नेतले नवआगन्तुक विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथ उत्कृष्ट क्याम्पसको रुपमा स्थापित गर्न नेतृत्वदायी भुमिका खेल्न आग्रह गरे ।

क्रान्तिकारीका सचिव कार्कीले मुलभूत रुपमा नीजिकरणका विरुद्ध देशैभरि सङ्घर्ष गर्ने र आम विद्यार्थीको साझा संस्थाका रुपमा रहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नियमित रुपमा आगामी चैत्रमै सम्पन्न गर्न दवाव दिने बताए । उनले स्ववियू निर्वाचनमा नियमित विद्यार्थीलाई मात्र उम्मेद्वार बनाउने तयारी भइरहेको बताए ।

कार्यक्रममा विद्यार्थी स्वागत र विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको स्ववियु सभापति तथा क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन लामाले बताए ।