दुर्घटनामा परि सीपी मैनाली गम्भीर घाइते

Cp-mainali
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ। मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन्।

महोत्तरीको बर्दिवासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार दिउँसो ठक्कर दिएको हो। दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाइते भएका छन्।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी, नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन्। झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो।

pic

दुर्घटनामा परि मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्। दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिए।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको डिएसपी चापागाईले जानकारी दिए। गम्भिर घाइते दुबैलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए। अन्य घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्