थप ७ राष्ट्रमा कोरोना भाइरसको संक्रमण

corona
लाेकपाटी न्यूज

एजेन्सी, १५ फागुन। विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अल्जेरिया, डेनमार्क, इस्टोनिया, जर्जिया, नर्वे, पाकिस्तान र रोमानियाँमा रोगको संक्रमण देखिएको हो।

चीनबाट फैलिएको भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। २८ सय मानिसको ज्यान गइसकेको छ। ३२ हजार नौ सय संक्रमणमा परेर मुक्त भइसकेका छन्।

चीनमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमित भेटिएका छन्। दोस्रो बढी दक्षिण कोेरियामा छन्। यूरोपमा भाइरस अत्याधिक फैलिइरहेको छ। यूरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित भेटिएका छन्। इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने ४७० संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्