‘अब पनि पूर्व एमाले र पूर्व माओवादी भने दुर्घटना हुन्छ’

Iswor pokharel
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। नेकपाका नेता ईश्वर पोखरेलले अब पूर्व पार्टी जन्माउने भनाई राख्न नहुने बताएका छन्। बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पूर्व एमाले र पूर्व माओवादी भन्ने तरिकाले गए दुर्घटना हुने बताएका हुन्।

विचार र संगठन दुबैमा को यता को उता भन्ने तरिकाले जान नहुने बताउँदै पोखरेलले त्यसरी गए चौतारी बन्ने तर पार्टी नबन्ने बताए। उनले भीड मात्र भएर पार्टी नबन्ने भएकाले संगठित शक्ति नै अहिलेको आवश्यकता भएको बताए।

नेकपाले जारी गरेको आचारसंहिता पार्टी अध्यक्षदेखि कार्यकर्ता सबैले मान्नुपर्ने उनले बताए। पार्टीले जारी गरेको आचारसंहित पालना गर्न आफू प्रतिवद्ध रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्