साम्यवाद नआएसम्म पार्टीभित्र बहस भइरहन्छ : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीमा विवाद नभए पार्टी नै नरहने बताएक छन्। काठमाडौंमा नेकपाको बाग्मती प्रदेशस्तरिय राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई संबोधन गर्दै उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य भएको बताएक हुन्।

यसबारे प्रश्न कोट्याउदै प्रचण्डले भने, ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ। हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त भएपछि समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन।’ उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने पनि बताए।

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताए।’ उनले भने, ‘कम्युनष्टि पार्टीलाई कमजोर पार्न दुश्मनले सकेनन् तर सत्तामा गएपछि आफै भ्रष्टाचारमा लिप्त हुने, अहंकार हुने, आत्मकेन्द्रीत हुने हुँदा एउटा गोली पनि खर्च नगरि सकिए यसलाई गम्भीरता पूर्वक लिनुपर्छ र पार्टीले पनि लिइरहेको छ।’

उनले भने ‘दुई अध्यक्ष विवाद त गर्छौं। निकै नै परेको जस्तो गरी विवाद पर्छ। तपाईहरुनै तर्सने जसरी। तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भने,‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ। मिडियामा आएको जसरी पछि नलाग्नु होला। हामी बसेर समस्या समाधान गर्छौं’। नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्