कुन गुफा कहाँ छ ?

Mahendra_Cave
लाेकपाटी न्यूज

काठमाडौं । महेन्द्र गुफा कास्की जिल्लामा रहेको छ । महेन्द्र गुफा नेपालको कास्की जिल्लाको पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। पोखरा उपमहानगरपालिका १६ बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ । गुफा २०१७ सालमा विधिवत उदघाटन भएको थियो । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो ।

पाताल भुमेस्वर गुफा बैतडी जिल्लामा पर्दछ । यस मन्दिरमा हरेक बर्षको शिवरात्रीमा धुमधाम सँग पूजाआजा एवं ठूलो मेला लाग्ने गर्दछ । प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । जुन गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जन विश्वास रहेको छ ।बैतडी स्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्यायनकर्ताहरूको दाबी रहेको छ । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्यायन गरेको थियो ।

आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो । आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो । यसअघि तनहुँको बन्दिपुर स्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो ।

विचित्र गुफा गुल्मी जिल्लामा पर्दछ । हलेसी गुफा खोटाङ जिल्लामा पर्दछ । तिला गुफा र गणेश गुफा कालिकोट जिल्लामा पर्दछ । माराटिका गुफा खोटाङ जिल्लामा पर्दछ । सप्तकन्या र महादेव पार्वति गुफा मोरङ जिल्लामा पर्दछ । बाद्धारा गुफा काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । विरेन्द्र गुफा पर्वत जिल्लामा पर्दछ । गौमुखी गुफा तेह्रथुम जिल्लामा पर्दछ ।दुर्गेश्वर गुफा अर्घाखाँची जिल्लामा पर्दछ ।

अल्पेश्वर गुफा पर्वत जिल्लामा पर्दछ । रेड क्लीफ मुस्ताङ जिल्लामा पर्दछ । चाँदनी सल्यान जिल्लामा पर्दछ । बाँकोट गुफा जाजरकोट जिल्लामा पर्दछ । भूमेश्वर गुफा पनि जाजरकोट जिल्लामा अवस्थित छ । ब्यास गुफा तनहुँ अवस्थित छ । गुप्तेश्वर गुफा पर्वत जिल्लाको कुस्मा नगरपालिकामा रहेको छ । गुप्तेश्वर गुफा कास्की जिल्लामा पर्दछ। चमेरा गुफा कास्की जिल्लामा पर्दछ ।

अलपेस्वर गुफा पर्वत जिल्लाको कुस्मा नगरपालिकामा रहेको छ । चमेरे गुफा दाङ जिल्लामा अवस्थित छ । पाण्डु गुफा जुम्ला जिल्लमा पर्दछ । गणेश गुफा कालिकोट जिल्लामा पर्दछ । सिद्ध गुफा पाल्पा जिल्लामा अवस्थित छ । विचत्र गुफा गुल्मी जिल्लामा पर्दछ । गौमुखी गुफा तेह्रथुम जिल्लामा पर्दछ । बिमल नगर गुफा तनहुँ जिल्लाको बिमल नगरमा रहेको छ । व्यास विशिष्ट गुफा देबघाट जिल्लामा रहेको छ ।

शिवजी गुफा भोजपुर जिल्लामा रहेको छ । हलेसी गुफा खोटाङ जिल्लामा पर्दछ । गुप्तेश्वोर गुफा पर्वत जिल्लाको कुस्मामा पर्दछ । व्यास गुफा तनहुँ जिल्लाको दमौलीमा रहेको छ । सिद्ध काली गुफा भोजपुर जिल्लामा पर्दछ । सिद्ध गुफा पाल्पा जिल्लाको राम्दिघाटमा पर्दछ । शितल गुफा कास्की जिल्लाको झोवांङमा पर्दछ । चाँदनी साततले गुफा सल्यान जिल्लामा पर्दछ ।

शिव गुफा सल्यान जिल्लामा पर्दछ । साततले गुफा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा पर्दछ । तिला गुफा‍ कालिकोट जिल्लामा पर्दछ । भोटे गुफा दैलेख जिल्लामा पर्दछ । बुदेश्वर गुफा खोटाङ जिल्लामा पर्दछ । चमेरे गुफा सुर्खेत जिल्लामा पर्दछ । भूवनेश्वर गुफा बैतडी जिल्लामा पर्दछ । ज्वालामाई गुफा दैलेख जिल्लामा पर्दछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्