भरतमोहनको स्मृति सभा, प्रमूख अतिथि प्रचण्ड

bharatmohan-adhikari
लाेकपाटी न्यूज

काठमाण्डौं, १६ फागुन। पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ बामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाण्डौंमा हुने भएको छ। अधिकारीको निधन भएको एक वर्ष पूरा भएकै दिन आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो।

अधिकारीको ८२ वर्षको उमेरमा गतवर्ष १८ फागुनमा निधन भएको थियो। भरत मोहनअधिकारी स्मृति फाउण्डेशनले गर्न लागेको कार्यक्रमको प्रमूखअतिथि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्। फाण्डेशनकाअनुसार कार्यक्रममा प्रचण्डसहित नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काँग्रेस नेता डा. शेखर कोइराला, राप्रपाका सह-अध्यक्षएवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलगातयका नेताले अधिकारीकाबारेमाधारणा राख्नेछन्।

स्वर्गीय अधिकारी पुत्री लीमा अधिकारीले स्मृति कार्यक्रममा ‘हाम्रो नजरमा भरत मोहन’ नामक पुस्तकको विमोचनसमेत हुने जानकारी दिइन्। २०५१ सालमा तत्कालीन एमालेको ९ महिने अल्मपतको सरकारमा अर्थमन्त्री छँदा अधिकारीले वृद्धवृद्धालाई मासिक एक सय रुपैयाँ भत्तादिन सुरु गरेका थिए। सो रकम वृद्धि भएर हाल मासिक ३ हजार पुगेको छ। यस्तै सोही कार्यकालमा अधिकारीले ‘आफ्नो गाउँआफैं बनाऔं’ नामको कार्यक्रमसहित स्थानी तहमा बजेट पठाउन सुरु गरेका थिए। यी दुई लोकप्रिय कार्यक्रमका कारण अधिकारी नेपाली जनमासनमा लोकप्रिय छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्