‘भट्टीको रक्सी विष हो, त्यो खानु आत्महत्या हो’ : जनार्दन शर्मा (भिडियो)

Janardan-Sharma
लाेकपाटी न्यूज

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले भट्टीमा पाइने रक्सी एसिड र विष भएको बताएका छन् । रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले उक्त कुरा बताएका हुन् ।

शर्माले भने, ‘तपाईहरुका भट्टीहरुमा पाइने रक्सी विष हो, त्यो खानु आत्महत्या गर्नु बराबर हो । त्यो एसिड हो, त्यसले मुटु कलेजो ड्यामेट गर्छ । अस्ति एक जनाले रक्सी खाएर बमिट गर्दै थियो, कतिको रक्सीकै कारण अकालमा ज्यान गएको छ । अब हामी रक्सी रोक्छौं ।’

शर्माले थपे, ‘विद्यार्थीलाई जस्तो सिकाउँछौं, देश त्यस्तो बन्छ । यिनलाई हामी रक्सी खाना सिकाउँछौं, तास खेल्न सिकाउँछौं भने त्यस्तै सिक्छन् । अनि, जस्ता नागरिक हुन्छन्, देश पनि त्यस्तै बन्छ ।’

शर्माले विद्यार्थीको मूख्य पाठशाला घर र परिवार भएको बताए । शर्माले भने, ‘स्कूल मात्र हाम्रो पाठशाला होइन, घर र परिवार नै हाम्रो पहिलो पाठशाला हो, हामीले कस्तो शिक्षा दिन्छौं घरमा ? त्यसले नै हाम्रा बालबच्चाको भविष्य बन्ने हो ।’

तपाई हामी सबैको मिसन ।"स्थानीय सरकारका तीन प्राथमिकतापहिलो शिक्षा दोस्रो स्वास्थ्य तेस्रो उत्पादन क्षेत्रमा लगानी गरौ समृद्ध राष्ट्र निर्माण गरौ " – जनार्दन शर्मा (क.प्रभाकर)

Posted by Janardan Sharma on Thursday, November 29, 2018