‘जसको काँध चढेर चुचुरोमा पुग्यौं, तिनलाई भुले पार्टी विघटन हुन्छ’

Ramprasad Sapkota Deepshikha
लोकपाटी न्यूज

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी शीर्ष नेताहरुलाई कार्यशैली सच्याउन आह्वान गरेका छन्।

नेताहरुको कार्यशैलीका कारण जनतामा राजनीतिप्रति अविश्वास र वितृष्णा पैदा भएको भन्दै उनले त्यसले अस्थिरतामात्रै निम्त्याउने बताए। उनले राजनीतिक स्थिरताको बिकल्प नभएको भन्दै शीर्ष नेताहरुलाई जनताको मनोभावना बुझ्न अपील गरेका छन्।

अध्यक्ष सापकोटाले सरकारका मन्त्री र पार्टी नेतृत्वलाई जनता र कार्यकर्ताभन्दा जागिरे, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेका कारण नै जनतामा राजनीतिप्रति अविश्वास जाग्न थालेको बताए। नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति नै विघटनको दिशामा जाने भन्दै उनले शीर्ष नेताहरुलाई कार्यशैली सच्याउन आह्वान गरे।

‘सरकारका मन्त्रीहरु, पार्टी र नेताहरुलाई आफ्ना कार्यतकर्ता र जनता होइन (जो उनका लाछि मर्न र मार्न तयार थिए, छन्) केही जागिरदार, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेपछि राजनीतिप्रति मानिसहरुको अनास्था जाग्न थाल्छ’, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हिजो जसको काँधमा चढेर ‘ऊ माथि चुचुरोमा’ पुगेको हो, उही अप्रिय लाग्ने नेताहरुको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ। नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ। नेताहरुले कार्यशैली सच्याऊ।’

यस्तो छ सापकोटाको स्टाटस।

सरकारका मन्त्रीहरु, पार्टी र नेताहरुलाई आफ्ना कार्यतकर्ता र जनता होइन (जो उनका लागि मर्न र मार्न तयार थिए, छन्) केही जागिरदार, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेपछि राजनीतिप्रति मानिसहरुको अनास्था जाग्न थाल्छ। हिजो जसको काँधमा चढेर ‘उ माथि चुचुरोमा’ पुगेको हो उही अप्रिय लाग्ने नेताहरुको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ। नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ। नेताहरुले कार्यशैली सच्याउ।