जुम्ला-कालिकोटमा स्थानीय अनुकुलन कार्ययोजना निर्माण

pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ जुम्ला, १६ फागुन। जुम्ला र कालिकोटका लागि स्थानीय अनुकुलन कार्ययोजना निर्माण हुने भएको छ। जुम्लाको होटल पौवामा सञ्चालन भएको पाँच दिने तालिमका सहभागिहरुले स्थानीय अनुकुलनको कार्ययोजना निर्माण गर्न सक्ने भएका छन्।

जलवायु परिवर्तनले गरेको असरलाई न्युनिकरण गर्ने उपायहरु, जलवायु परिवर्तले पारेको असर र यसबाट बच्ने उपयासहितको कार्ययोजना वनाउनका लागी जुम्ला, मुगु र कालिकोट जिल्लाका ७ वटा स्थानीय निकायहरुलाई सहयोग गर्ने छन्। अनुकुलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग तथा साझेदारी सहयोग केन् (पेस नेपाल) जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली कार्यक्रम अन्तर्गत जलवायु परिर्वतन अनुकुलनका लागी स्थानीय अनुनुलन योजना (लापा) प्रकृया निमार्ण तालिम संचालन गरेका हुन्। जलवायु परिवर्तनले पारेको असर र यसबाट बच्ने उपायका विषयमा सहभागीहरुले स्थानीय अनुकुलन कार्ययोजना निर्माण गर्नकमा सहजीकरण गर्नेछन्। कालिकोट र जुम्लाका ३५ जना सहभागिले स्थानीय अनुकुलनका बारेमा कार्ययोजना निर्माण गरि स्थानीय स्तरमा लागु गर्ने बताएका छन्।

जलवायु परिवर्तनको असरले गर्दा वनजंगल, पानीका मुहान र वनमा पाइने जंगली जनावरहरु लोपन्मुख अवस्थामा पुगेका छन्। पानीका मुहान सुक्दा सिंचाइको अभावले सोचे जति खाद्यन्न उत्पादन हुन सकेको छैन। जसका कारण स्थानीय जनताको जीवन शैलीमा प्रत्यक्ष असर परेको छ। जलवायु परिवर्तनले असर गरेको क्षेत्रलाई पहिचान गरि न्युनिकरणका उपायहरु अलवम्बन गर्नको लागि कार्ययोजना बनाईएको पेस नेपाल जुम्लाले जनाएको छ।

कार्ययोजनामा तापक्रमको अवस्था, अनुकुलन क्षमता, संकटा सम्पन्न जोखिमका क्षेत्र लगायत विषयहरु समावेश गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताए। जुम्लामा देखिएको जवलायुको असरलाई न्युनिकरण गर्नको लागि खाँका तयार पारिएको उहाँको भनाइ छ। जलवायुका हिसाबले क्षति गरेको बस्तीलाई पहिचान गरि न्युनिकरण गर्नको लागि कार्यक्रम तयार गरिने न्यौपानेले बताए। जुम्लाको हिमा, तिला र तातोपानी गाउँपालिकामा जलवायु परिवर्तनले पारेको असरका क्षेत्रहरु पहिचान गरि न्युनिकरणका लागि स्पष्ट योजना तयार गरिने उहाँको भनाइ छ।

बाढी, पहिरो, चट्याङ्ग, हावाहुरी, वर्षा र अन्य गतिविधिलाई पहिचान गरि पेसले योजना तयार पार्ने न्यौपानेले जानकारी गराए। जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जलवायु परिवर्तनको असरसँग जुध्ने योजना आवश्यक रहेको बताए। जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास हुँदै गएको भन्दै उनले सिंचाई नहुने जमिनमा थोपा सिंचाइ प्रविधि प्रयोग गर्नु पर्ने बताए। जुम्लामा यस वर्ष भएको हिमपातलाई जलवायु परिवर्तनको संकेत भन्दै उनले अनुकुलनका उपायहरु अवलम्बन गर्नु पर्ने जानकारी गराए।

वन तथा वातावारण मन्त्रालयका उपसचिव डाक्टर केशवराज गौतमले स्वच्छ वातावारणमा जीउन पाउने नागरिकको अधिकारलाई संविधानले सम्बोधन गरेको बताए। वातावारण अस्वच्छ जलवायु परिवर्तनको कारणले भएको भन्दै उनले न्युनिकरणका उपाय बेलैमा अपनाउनु पर्ने सुझाव दिए। जलवायु परिवर्तनको चपेटामा गरीब नागरिकहरु परेका भन्दै उनले अनुकुलनको योजनालाई तल्लो तहसम्म लिएर कार्यान्वयन गर्नु पर्ने जानकारी गराए। कार्यक्रम जुम्लामा पेस नेपाल हुरनडेक, आससिडिसि मुगु जिल्लामा तीन जिल्लामा सञ्चालन हुने ४ वर्षे क्याप्स कर्णाली कार्यक्रमका लागि १ अर्ब रकम खर्च हुने उहाँको भनाइ छ।

प्रशिक्षण सोमलाल श्रेष्ठले जलवायु परिवर्तनको असर स्थानीय स्तरमा बढी देखिएको बताए। मानिसको व्यवहारका कारण जलवायु परिवर्तनको असर बढी देखा परेको उनले जानकारी दिए। वातावातारणमा असर पार्ने काम मानिसले गरेको उनले बताए। जलवायु परिवर्तन समाजिक मुद्दा बनि सकेको भन्दै उनले प्रत्येक व्यक्तिले अनुकुलनका उपायहरु अपनाउनु पर्ने जानकारी गराए। कालिकोट जिल्लाका सहभागी मानवहादुर सेजुवाल र जुम्लाका सहभागी मिठ्ठ भण्डारीले जलवायु परिवर्तनले जोखीम निम्त्याएको भन्दै तालिमको अवधिमा निर्माण भएको कार्ययोजनालाई गाउँमा लिएर कार्यान्वयन गरिने बताएका छन्। तालिममा पेस नेपालले गरेको खर्चका बारेमा सबैलाई जानकारी गराइएको छ। पाँच दिनसम्म संचालन भएको तालिमको खर्च सहभागीहरुलाई जानकारी गराइ अनुमोदन गराइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्