खुश्वु ओलीलाई जेल सजायको फैसला

Khusbu_Oli
लोकपाटी न्यूज

काठमाडौं, १६ फागुन। चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ।

शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो। खुश्वुले सप्तरी राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी थिइन्।

तर, खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए। सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्।

पूर्वमिस टिन ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको हो। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत टिकासिंह खत्रीले जानकारी दिए।

कटुवालले दुई वर्षअघि ओलीलाई ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न जाँदा पैसा नभएको कटूवालको जिकिर थियो। लगातार चेकसाट्न जाँदा पनि पैसा नभएपछि कटुवालले साउन २९ गते अदालतमा मुद्दा दिएका थिए।

ओलीले सडक बालबालिकाको पक्षमा काम गर्दै आएकी छिन्। उनको नेतृत्वमा रहेको सडक वालबालिकाको संरक्षणका लागि योगदान पुर्याउँदै आएको सेल्टर आश्रय नेपालले खेलाडीहरुका पक्षमा समेत विभिन्न गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्