अमेरिकाको एमसिसीमा श्रीलंकाले गरेन हस्ताक्षर

mcc shirlanka
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा श्रीलंकाको सरकारले हस्ताक्षर गर्न अस्वीकार गरेको छ। श्रीलंकाको मन्त्रिपरिषद्ले उक्त सम्झौतामा भएका केही विषयहरूमा थप छलफल गर्नुपर्ने भएकाले तत्काल हस्ताक्षर नगर्ने निर्णय गरेको मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेले जानकारी दिए।

यसअघि श्रीलंकाले एमसिसीको पुनरावलोकन गर्न समिति बनाएको थियो। उक्त समितिले आफ्नो रिपोर्ट बिहीबार प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई बुझाएको थियो। उक्त प्रतिवेदनमा एमसिसीका केही प्रावधानले श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई हानी गर्ने सुझाव दिइएको थियो।

सोही प्रतिवेदनको आधारमा तत्काल एमसिसीमा हस्ताक्षर नगर्ने निर्णय भएको गुरूवर्दनेले बताए। उनले एमसिसीबारे अमेरिकासँग फेरि वार्ता गर्ने र अगाडि बढ्ने सरकारको योजना रहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्