सरकारले दूरगामी योजनाका साथ काम गरेको छ : सांसद सिग्देल

tanahu
लाेकपाटी न्यूज

वि.वि.श्रेष्ठ/ तनहुँ, १६ फागुन। म्याग्दे गाँउपालिका वडा नम्बर एक पान्धारे तनहुँ प्रतिनिधिसभा सदस्य केदार सिग्देलले सरकार र जनतासँग सँगै हिड्नुपर्ने बताएका छन्। उनले अबको यात्रा समृद्धिको यात्रा भएको बताए।

देशमा स्थिर सरकार बनेको केहि वर्ष संघीयता कार्यन्वयनका लागी ऐन नियम वनाउन लागेता पनि सरकारले दूरगामी योजनाका साथ काम गरिरहेको बताए। संघीय गणतान्त्रिक चुनावपछि बनेको सरकारले संघीय, प्रदेश र स्थानीय सरकारमार्फत् जनताको आवश्यकता पूर्तिका लागि काम गरिरहेको उनले बताए। संघले प्रदेश र स्थानीय सरकारमार्फत् समाजमा विकास र समृद्धिका लागि वजेट निकासा गरेता पनि धेरै वजेटहरु समयमा काम नभई वजेट नै फ्रिज हुनुपर्ने अवस्था आएपरेको हुँदा वजेट कार्यन्वयनका लागि स्थानीय सम्वन्धीत निकाय र उपभोक्ता समिती नै चनाखो हुनुपर्ने समय आएको बताए।

जनताको माग र आवश्यकता अनुुसार विकास निर्माणका लागि वजेट निकासा भएता पनि उपभोक्ता समूह र स्थानीय तह गम्भीर नहुँदा वजेट नै फ्रिज भएको धेरै उदारहण भएको हुदाँ स्थानीय तहले पूर्ण रुपमा नियमन गर्नुपर्ने बताए।राजनीति विकासको मूख्य कडि हो तर राजनीतिको पनि मूख्य अवधि हुन्छ। विकास निर्माणमा हिजोसम्म राजनीति भएको दावी गर्दै विकासमा राजनीति घातक हुने उनले बताए। म्याग्दे गाँउपालिका वडा नंम्बर एकस्थित पान्धारेमा पञ्चेश्वर महादेव मन्दिरको शिलन्यास गर्दै प्रतिनिधीसभा सदस्य केदार सिग्देलले राजनैतिक आस्था र विचार फरक-फरक भएता पनि विकास निर्माणमा आफू सधै जनताका साथमा रहेको बताए।

यसैगरि सोही अवसरमा म्याग्दे गाँउपालिकाका अध्यक्ष माया रानाले विकासको क्षेत्रमा कुनै पनि भेदभाव नगरी आफूले काम गर्ने बताए। जनतानै शासकको मूख्य हतिहार भएको हुँदा जनताको मनोकाक्षा विपरित कोही पनि अगाडि जान नसक्ने बताए। सो कार्यक्रममा डिभिजन वन कार्यलयका प्रमूख केदार बरालले पान्धारे क्षेत्रको विकासका लागी आफूले पूर्ण सहयोग गर्ने बताए। व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ले स्थानीय सरकारले पनि जनताको आवश्यकता अनुसार काम गर्दे गइरहेको बताए।

कृषि, पर्यटन र उद्योगबाट नै समाज परिवर्तन भएको हुदाँ युवा पंक्तिलाई कृषिमा लाग्न प्रेरित गरे। स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्र्तगत विनियोजित वजेटबाट उक्त पंचेश्वर महादेव मन्दिर निर्माण गर्न लागीएको निर्माण समितीका अध्यक्ष राजकुमार श्रेष्ले जानकारी दिए। संस्थाका अध्यक्ष काजीमान श्रेष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सचिव वसन्त कुमारले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्