क्यामरूनको संसदमा आरडीपीसीलाई फराकिलो बहुमत

cameroon
लाेकपाटी न्यूज

क्यामरून । क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा फराकिलो बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको हो ।

परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ आरडीपीसीले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ । क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । “फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,” परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताए ।

उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन । उनले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताए । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्