किशोरीलाई आत्मरक्षा तालिम

Women_Selfdefence
लोकपाटी न्यूज

नेपालगञ्ज। महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ।

कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन्। तालिममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ।

किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ। नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत पाण्डेले जानकारी दिइन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्