वामदेव गाैतमलाई अयाेग्य भन्न मिल्दैन : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेता वामदेव गौतमको विषयलाई लिएर विवाद गर्नु गलत रहेको बताएका छन्। प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका प्रचण्डले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै वामदेव गौतमको विषयलाई लिएर विवाद गर्नु गलत रहेको संकेत गरे।

प्रचण्डले केही नेताले निहुँ खोज्दैमा पार नलाग्ने र राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने उपाध्यक्ष वामदेव गौतमको व्यक्तिगत चाहना भएको बताए। अध्यक्ष प्रचण्डले संविधान संशोधनको शर्त फिर्ता लिएपछि मात्र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय भएको बताए।

‘नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता मान्छे संसदमा पठाउँदा राष्ट्रियसभाको इज्जत बढ्ने भन्दै चुनाव हार्दैमा उहाँलाई अयोग्य भन्न नमिलने प्रचण्डले बताए। प्रचण्डले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन्। अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए।

उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए।‘५५ अर्बको लागि आफ्नो राष्ट्रिय हित विपरीत सम्झौता हुँदैन, संशोधन नगर्दा अघि बढ्न कठिन छ,’ प्रचण्डले भने।